बाग्मती प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू ‘नाथुराम गोड्से’ बन्न तयार रहेको भन्दै नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले अत्यन्त आपत्तिजक र असभ्य अभिव्यक्ति दिएका छन् ।
वैद्यको त्यो आपत्तिजक अभिव्यक्तिलाई लिएर अहिले सिंगो सचेत समाज विरोधमा उत्रिएको छ, जुन स्वाभाविक छ । नेपालको संसदमा नाथुराम गोड्सेको नाम उच्चारण हुनु अत्यन्त खेदजनक छ ।
नाथुराम गोड्से महात्मा गान्धी जस्तो अहिंसात्मक राजनीतिमा विश्वास राख्ने स्वतन्त्रता आन्दोलनका महापुरुषको हत्यामा संलग्न बदनाम पात्रको नाम हो । गोड्सेले सन् १९४८ मा ग...