शुक्रबार देशभर एकसाथ स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेर मतदान गर्न जानेलाई मतदानस्थलमा प्रवेश नदिने जनाएको छ । यसअनुसार यदि मादक पदार्थ सेवन गरेर मतदाता गए मत खसाल्न बञ्चिन हुने देखिएको छ । स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै आयोगले मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको हो ।यस्तै आयोगले मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबा