विस्फोटपछि क्रिमिया पुल पुनः सञ्चालनमा, रूसी सेनाको नेतृत्व परिवर्तन

क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रुपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुलमा शनिबार देखि यातायात पुनः सुरु भएको छ । क्रेमलिनले सोही दिन युक्रेनआक्रमणको नेतृत्व गर्न नयाँ जनरलनियुक्त गर्ने घोषणा गरेको थियो । युद्धभूमिमा भएको शृङ्खलाबद्ध असफलताका कारण स्वदेशमा रूसी सेनाको आलोचना भएको समाचारहरू आइरहेका समय सेनाका नेतृत्वमा फेरबदल भएको हो । […]