भाषा परीक्षा सञ्चालन गर्न पाइने

२६ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञाकाबीच केही भाषिक परीक्षा सञ्चालन गर्न दिने भएको छ । टोफल, आईईएलटीएस, जीएमटी, जीआरई, जीआरएफडब्ल्यू, अक्युपेसनल अंग्रेजी टेस्ट लगायतका परीक्षा सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा …

सम्बन्धित सामग्री

कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि

काठमाडौँ- ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ । परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया श...

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

काठमाडौं, चैत २७। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका […]

कोरिया रोजगारी : खुल्यो भाषा परीक्षा, रोकिएकालाई ६ महिनाभित्र पठाइसक्ने

काठमाडौं :  सरकारले कोरोनाका कारण करिब २ वर्षदेखि रोकिएको दक्षिण कोरिया (इपिएस) रोजगारीका लागि भाषा परीक्षा लिने भएको छ। वैदेशिक रोजगार विभागले सोमबार सूचना निकालेर सन् २०२२ का लागि ९ हजार ६ सय ५४ जना छनोट गर्न भाषा परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको छ।  कोरियाले नेपाली कामदार माग गरेसँगै पुनः भाषा परीक्षा लिने तयारी गरेको जानकारी वैदेशिक रोजगार विभाग इपिएस शाखा प्रमुख पुष्पराज कटुवालले दिए। शाखाका अनुसार परीक्षा २६ वैशाखदेखि २१ असोजसम्म चरणबद्ध रुपमा हुनेछ।कोरिया र नेपालबी

दुई वर्षदेखि भाषा परीक्षा हुन सकेन

काठमाडौं, मंसिर २५। कोरोना महामारी सुरु भएयता कोरियन भाषा परीक्षा सञ्चालन हुन सकेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०२० मा हुनुपर्ने कोरियन भाषा परीक्षा हालसम्म हुन नसकेको हो। सुरुमा सन् २०२० का लागि करिब १० हजार युवा रोजगारीमा कोरिया लैजाने कोटा तोकिएको चर्चा चले पनि पछिल्ला दिनमा त्यसबारे कुनै छलफल नभएको […]

कोरिया भाषा परीक्षा पुस १ गतेदेखि हुने

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ । बिशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने बैदेशिक रोजगार बिभाग ईपीएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन […]

कोरियन भाषा परीक्षा सञ्चालन हुँदै

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । विभाग अन्तर्गतको ईपीएस शाखा ग्वार्काेका अनुसार आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुनेछ । परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुनेछ । उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ । गतवर्ष भने कोभिडका कारण भाषा परीक्षा हुन सकेको थिएन । सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २१५ जना युवा सहभागी भएका थिए । उनीहरूमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए । उत्तीर्ण गरेका मध्येबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो । तर कोरोनाका कारण उनीहरूले प्रवेश पाउन सकेका छैनन् । लामो समयपछि प्रतिबद्ध कामदार भने लैजान शुरू गरेको छ । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए । ३०८ महिलासहित ६ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ मा भने भाषा परीक्षा सञ्चालन हुन सकेन । सो वर्ष अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ९११ युवाले कोरियाको श्रम बजारमा प्रवेश गरेको ईपीएस शाखाको तथ्यांकले देखाउँछ । सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा ६ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा ६ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए । नेपालीहरू मेहनती र इमानदार भएको भन्दै कोरियाली रोजगारदाताको  रोजाइमा पर्दै आएका छन् ।

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग नयाँको लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिए

कोरियाली भाषा परीक्षा कहिले हुन्छ? यस्तो छ तयारी

कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन्।

पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

काठमाडौं - रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।  वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा ९सिबिटी० स...

कोरियन भाषा परीक्षा अप्रिलमा हुने

मानव संशाधन बोर्ड (एचआरडी) कोरियाले गत वर्ष स्थगन गरेको विशेष कोरियन भाषा परीक्षा (सिबिटी) आगामी अप्रिल र अगष्टमा पर्ने तयारी गरेको छ । कोरिया सरकारले नयाँ विदेशी कामदारका लागि पेपर वेस टेस्ट (पीबीटी) र कोरिया गएर फर्केका कामदारका लागि कम्प्युटर बेस टेस्ट (सिबीटी) परीक्षा सञ्चालन गर्दै आएको छ । कोरिया सरकारले गत वर्ष सिबीटी दिएका कामदारको संख्या बढी भएको जनाउँदै १ वर्षका लागि छनोट प्रक्रिया रोक गरेको थियो ।