उपसभामुखको अध्यक्षतामा संसद् अधिवेशन शुरु, अर्को बैठकबाट सभामुख चयन प्रक्रिया अघि बढाइने

काठमाडौँ : सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ। प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गरिन्। अपराह्न ४ बजे तोकिएको बैठक ४:१५ बजे प्रारम्भ भएको थियो। नेपालको संसदीय  इतिहासमा उपसभामुखले अध्यक्षता