सिद्धबाबाविरुद्धको मुद्दा पेसी सूचीमा, सुनुवाइको सम्भावना कम

२५ फागुन, विराटनगर । आफ्नै अनुयायी माथि जबरजस्ती करणी गरेको आरोप खेपेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा आज उच्च अदालत विराटनगरको पेसी सूचीमा छ । मुद्दाको पेसी आजका लागि तोकिएको र गोलाप्रथाबाट बेञ्च तोकिने उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । साप्ताहिक पेसी सूचीमा गिरीको मुद्दा परे पनि आज सुनुवाइ हुने सम्भावना […]

सम्बन्धित सामग्री

‘न्याय नदिने’ बाटोमा न्यायालय!

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन। पेसीमा रहेको मुद्दा न्यायाधीशको संख्या कम रहेकाले सुनुवाइको सूचीमा नपरेको अदालतले जनाएको छ। गत कात्तिकदेखि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा २६ पटकसम्म पेसी चढिसकेको छ। यो मुद्दामा १३ जना छुट्टाछुट्टै न्यायाधीशको इजलासमा सुनुवाइसमेत भइसकेको छ। बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाइ […]

एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने पाकिस्तान जाँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन्। पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने सहभागी जान लागेका हुन्  । उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो। सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले […]

सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध मुद्दाको पेसी आज, सुनुवाइको सम्भावना कम

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्चमा दायर रिटको आज पेसी चढेको छ । न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको इजलासमा पेसी चढेको उक्त मुद्दा सुनुवाइको सूची २७ नम्बरमा छ । सुनुवाइ अन्तिममा राखिएको हुँदा पालो आउने सम्भावना कम रहेको रिट निवेदकमध्येका एक अधिवक्ता अपेक्षा निरौलाले जानकारी दिइन् । यसअघि साउन १८ मा तोकिएको सुनुवाइ […]

प्रधानन्यायाधीश जबराले तोके आठ इजलासमा १७२ मुद्दाको पेशी

काठमाडौं : न्यायालयको विवाद निरुपण गर्नुपर्ने माग गर्दै न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गरिरहँदा  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठ वटा इजलास तोकेका छन्। आजका लागि एक एकल इजलाससहित आठ इजलास तोकिएको छ। १७२ मुद्दाको पेसी तोकिएको छ ।प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अबस्थामा सुनुवाइ हुने सम्भावना कम छ।प्रधानन्यायाधीश जबराले आफूसहित कुमार चुडालसहित संयुक्त इजलास तोकेका छन्।