मधेश प्रदेशमा राज्यमन्त्रीको सपथ

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी)बाट एक जना राज्यमन्त्रीको सपथ गराएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त  भएका नेकपा एसका प्रदेश सभा सदस्य नागेन्द्र राय यादवलाई सपथ गराएका हुन्।

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्र उकासेरै छाड्ने अठोट लिएको बताएका छन्। एमालेका महासचिव शंकर पोखरेलले एमालेका उम्मेदवारलाई समर्थन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमति जुट्ने दाबी गरेका छन्। विवादकैबीच मधेश प्रदेशमा ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ लिएका छन्। सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निणयप्रति काँग्रेस महामन्त्री गगन थापाले आपत्ति जनाएका छन्।

मधेश प्रदेशमा मन्त्रीहरुको सपथ, माओवादीले भाग लिएन

जनकपुरधाम । मधेश प्रदेश सरकारका मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । तर, भागबन्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) सहभागी भएन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो । माग पूरा नभएपछि माओवादीले कुनै मन्त्रालय पाएन ।६ जना मन्त्री र ३ जना राज्यमन्त्रीले आज सपथ लिएका छन् । शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रीको रुपमा महेशप्रसाद […] The post मधेश प्रदेशमा मन्त्रीहरुको सपथ, माओवादीले भाग लिएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी केन्द्रबाट मधेश प्रदेशसभा सदस्यमा माला र हैदरले लिनुभयाे शपथ

मधेश प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट समानुपातिकतर्फ निर्वाचित दुई जना प्रदेशसभा सदस्यले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशको प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका मालाकुमारी कर्ण र रैजी हैदरले आज पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।