काठमाडौं: प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा प्रधानमन्त्रीका निजी कानुन व्यवसायीका तर्फबाट सोमबार १३ जनाले बहस गरे। समयमा कडाइ गरिएको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्तालाई १५ मिनेट र अधिवक्तालाई १० मिनेट तोकिएको थियो। समयकै विषयलाई लिएर इजलासमा सुरुदेखि नै तनावको अवस्था सिर्जना भयो। बहसमा भने खासै नयाँ कुरा आएन। सुरुदेखि सुन्दै आएको संसदीय शासन व्यवस्था,…