भक्तपुर विद्युतीय सामाग्री र मोबाइल व्यवसायी संघमा नयाँ नेतृत्व

भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ र भक्तपुर मोबाइल व्यवसायी संघले पनि नयाँ नेतृत्व पाएको छ । विद्युतीय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर विद्युतीय सामग्री संघको १२औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।संघको उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा श्याम दुवाल, सह कोषाध्यक्षमा बु