निषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर बेरोजगार, झण्डै ४० लाख परिवार समस्यामा

काठमाण्डाै - निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी गुमेको छ । निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर बेरोजगार भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले यातायात व्यवसायमा आश्रित झण्डै ४० लाख परिवार समस्यामा परेका छन् । १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र पूर्ण रुपले प्रभावित भएको छ । झण्डै चार लाख गाडी थन्किँदा अर्बौँको नोक्सानी भएको व्यवसायीले बताएका छन् । महासचिव स...