राजु गुरुङको रिट न्यायाधीशद्धय खतिवडा र रेग्मीको संयुक्त इजलाशमा

काठमाडौं, ४ कार्तिक । सत्ता गठबन्धनबाट रुपन्देही–२ मा साझा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको रिटमाथि सुनुवाई जारी छ । सो रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाई जारी छ । गुरुङको पेशी पहिलो नम्बरमा थियो । निर्वाचन आयोगले चेक अनादरको आरोपमा गुरुङको उम्मेदवारी खारेज गरेको थियो । […]