पोल्ट्रीका लागि बजार व्यवस्थापनको अभाव

नेपालमा कुखुराको मासु, अन्डा र चल्लाको व्यावसायिक उत्पादन भए पनि यसले उत्पादन र बजार व्यवस्थापनमा स्थायित्व प्राप्त गर्न सकेको छैन । कुखुराको मासु तथा अन्डामा आत्मनिर्भर रहेको भनिए पनि यसको व्यवसायमा हुने अस्थिर मूल्य निर्धारणले नै स्थायित्वमा समस्या देखिएको हो । पोल्ट्री व्यवसायी तथा नेपाल ह्याचरी सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेल कुखुराजन्य वस्तुमा देखिएको मूल्यमा उतारचढावले समस्या आएको बताउनुहुन्छ । अहिले चितवनमा ३५० रुपियाँ क्रेटका हाराहारीमा अन्डा बिक्री भइरहेको छ । चितवनमा गत वैशाख–जेठतिर प्रतिकिलो सय रुपियाँ हाराहारीमा रहेको जिउँदो कुखुरा अहिले बढेर २१० रुपियाँ किलोभन्दा माथि छ । कुखुराको मासु ३३० रुपियाँ किलोमा बजारमा कारोबार भइरहेको छ । यस्त अहिले बोइलर चल्ला ७० रुपियाँ प्रतिगोटा र लेयर्स चल्ला १२५ रुपियाँ प्रतिगोटा कारोबार भइरहेको छ । “भाउ आयो भनेर सबै कुखुरामै केन्द्रित हुन्छन् अनि फेरि मूल्य गिरावट आएपछि सबै विस्थापित हुने अवस्था जबसम्म रहन्छ तबसम्म यसले व्यवसायमा दीर्घकालीन असर पार्छ,” उहाँले भन्नुभयो । नेपाल कुखुरा व्यवसाय मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बराल कुखुरापालनमा आधुनिकीकरण र व्यवसायीकरणले यसलाई आत्मनिर्भर बनाए पनि यो अझै व्यावसायिक नभइसकेको तर्क गर्नुहुन्छ । खुला सीमाका कारण अवैध रूपमा भित्रिने भारतीय कुखुराले प्रभाव पारेको उहाँको अनुभव छ । “उत्पादकदेखि उपभोक्तासम्म पुग्ने व्यापारिक च्यानल धेरै भएका कारण उपभोक्ताले उचित मूल्यमा अन्डा र मासुको उपभोग गर्न नपाएको अवस्था छ,” उहाँले भन्नुभयो।

सम्बन्धित सामग्री

स्थानीय महलाई बजार अभाव

दाङ– स्थानीय महले बजार नपाएपछि दाङमा मह बिक्रीमा समस्या देखिएको छ । बजार अभावले आफैले उत्पादन गरेको मह माहुरीलाई खुवाउन मह उत्पादक किसान बाध्य छन् । घोराही उप महानगरपालिका वडा नंं १८ निवासी दिनेश वली मह बिक्री नभएपछि त्यही मह माहुरीलाई खुवाइ रहेको बताउँछन् । अहिले पनि उनीसँग ४ क्विन्टल मह रहेको छ । उनले […]

जनशक्ति नहुँदा बजार अनुगमन प्रभावकारी बनाउन सकिएन : वाणिज्य विभाग

काठमाडौँ : बजार अनुगमनका लागि कर्मचारी अभाव भएको गुनासो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छ ।विभागमा आज आयोजित भेटघाटका क्रमका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागको दैनिक कार्य सञ्चालनकै लागि कर्मचारी अभाव रहेको र बजार अनुगमनको कामसमेत प्रभावकारी हुन नसकेको बताए।“विभागका कार्यलयभित्रकै काम गर्नका लागि पर्याप्त कर्मचारी छैनन् । सूचना प्रविधि (आइटी) शाखामा अहिले कर्मचारी नै छैनन् । बजार अनुगमनमा खटिने कर्मचारीको पनि अभाव छ”, उनले भने, “अब चाँडबाड नजिकिँ

अल्लो कपडाका उद्यमीलाई बजार अभाव

म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडाका लागि बजार अभाव देखिएको छ । जंगलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर उत्पादन गरिएका अल्लोका कपडालाई बजार अभावले व्यवसायी समस्यामा परेका छन् । विगत ६ वर्षदेखि धवलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरी अल्लो कपडा उत्पादन गरिएको छ । उद्यमीहरूले […]

सदरमुकाम मान्ममा खानेपानी अभाव

कालिकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् । खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरूपता नभएपछि खानेपानीको अभाव भएको स्थानीय धनबहादुर बटालाले बताए । उनले  जनप्रतिनिधिहरूले नागरिकको समस्यामा ध्यान नपुर्याएको भन्दै आक्रोश व्यक्त गरे ।“खानेपानीमा पनि पहुँचवालाको हालिमुहाली छ, सर्वसाधारणका धारामा पा

बजार अनुगमन सुरु, बजार झनै अस्तव्यस्त

काठमाडौं, असोज २२ । सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए […]

अझैसम्म युरिया मल अभाव

युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ।...

बंगुरपालकलाई बजारको अभाव

कञ्चनपुर – कञ्चनपुरमा बङ्गुरपालकको सङ्ख्या बढेसँगै बजारको समस्या देखा पर्न थालेको छ। बजार अभाव भएपछि बङ्गुरपालकले सस्तोमै बङ्गुर र पाठा बिक्री गर्न बाध्य छन्। केही दिनअघि मात्रै चार हजार रुपैयाँमा बिक्री हुने बङ्गुरका पाठाको मूल्य घटेर दुई हजारमा झरेको छ। बङ्गुरको मासु २८० रुपैयाँ प्रतिकिलोका हिसाबले बिक्री हुँदै आएकामा घटेर दुई सयमा झरेको छ। ‘पहिले […]

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी भर्न रातभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । अझ बर्खा लागेपछि स्वच्छ पानी नआउने र धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता छ ।

तरलता अभाव घटाउन दुई अर्ब ६५ करोड रुपैयाँ बजार पठाइँदै

बजारमा देखिएको चरम तरलता अभावलाई सम्बोधन गर्नतर्फ नेपाल राष्ट्र बैङ्क लागेको छ । बैङ्क तथा वित्तीय संस्थामा चरम तरलता अभाव देखिएपछि राष्ट्र बैङ्कले पैसा बजार पठाउने भएको हो ।तरलता अभावलाई केही हदसम्म घटाउन तत्काल २ अर्ब ६५ करोड रुपैयाँ विभिन्न वर्गका बैङ्कमा पठाउने भएको छ । यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गले लिन चाहेको रकम र त्यसको प्रस्तावित ब्याजदर राष्ट्र बैङ्क समक्ष पेस गर्नुपर्ने छ ।राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोष÷उपदान तथा पेन्सन कोषमा रहे