संग्रामबहादुर शाह

नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्र परम्परागत इन्सुलेसन विधिबाट सञ्चालित छ। सीमित क्षेत्रमा लगानी गर्ने, निक्षेप संकलन गर्ने र त्यसबाटै समग्र क्षेत्र सञ्चालन हुँदै आएको छ। कृषि, उद्योग, व्यापार र ऊर्जा जस्ता क्षेत्रमा वित्तीय क्षेत्रको पुँजी पलायन हुँदै आएको छ। यसरी हुने पुँजी परिचालनका पनि परम्परागत अभ्यास नै रहेका छन्।