जागिर गुमे पनि कुुकुरलाई दैनिक खाना खुवाउन जुट्दै युवती

जहाँ इच्छा त्यही उपाय भने झै भएको जागिर पनि कोरोनाले गर्दा गत वर्षदेखि बेरोजगार भएकी एक युवती झर्ना नेपालीले आफूले थालेको अभियान सडकमा भेटिने कुकुरहरूलाई खाना खुवाउने गरेको अभियानलाई हाल पनि जारी राखेकी छन् । पोखराको एक रेष्टुराँको क्यासियरमा काम गरेकी नेपालीको जागिर कोरोनाले गर्दा खोसिए पनि यस वर्ष पुनः दोस्रो लहरको कोरोनाको अवस्था पोखरामा […]

सम्बन्धित सामग्री

जीएमसी(पोखरा) मा कोभिडका बिरामी र उनका आफन्तलाई निःशुल्क खाना

पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) कोभिड उपचार केन्द्रमा निःशुल्क खाना खुवाउन सुरु भएको छ । पोखरा–३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबले तेर्सापट्टी बुहारी समूहको सहकार्यमा विभिन्न दाताको प्राप्त सहयोगबाट दैनिक कुखुराको मासु भात खुवाउने व्यवस्था गरेको हो ।क्लवले बुधबारदेखि नेवाः छे भवनमा खाना तयार पारेर जीएमसीमा कोभिडका बिरामी, उनका कुरुवा र स्वास्थ्यकर्मीलाई समेत निःशुल्क खाना खुवाउन […]

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी […]

दैनिक ज्याला मजदूरी गर्नेलाई निःशुल्क खाना

हेटौंडा। निषेधाज्ञाले संकटमा परेका ज्याला मजदुरी गर्नेलाई रोटरी क्लब अफ मकवानपुरले निःशुल्क खाना खुवाउन थालेको छ। निषेधाज्ञाका कारण विपन्न तथा दैनिक ज्याला मजदूरी गर्ने व्यक्ति भोको बस्न नपरोस् भनी उक्त समुदायलाई लक्ष्य गरी रोटरीले निःशुल्क खाना खुवाउन सुरु गरेको हो। निषेधाज्ञा अवधिभर बिहानको एक छाक निःशुल्क खाना खुवाइने क्लबका अध्यक्ष काविन साङ्गामीले बताए।

एक युवा समूह, जसले एकवर्षदेखि सडकमा अलपत्र परेकालाई खाना खुवाउँदैछ

काठमाडौं। जय महाँकाल युवा समूहले एकवर्षदेखि सडकमा असहायलाई खाना खुवाउँदै आएको छ। गत वर्ष चैतमा लकडाउन सुरु भएपछि काठमाडौंका विभिन्न स्थानमा खाना खुवाउन सुरु गरेको समूहले अहिलेसम्म पनि कार्यलाई निरन्तरता दिएको हो। समूहका संयोजक लिलानाथ भण्डारीले निषेधाज्ञाका समयमा दैनिक तीनहजारभन्दा बढीलाई खाना खुवाउने काम गरेको बताए। भोकै कोही मर्नु नपरोस् भन्ने उद्देश्यका साथ कार्यलाई निरन्तरता दिइएको उनको भनाई छ।

कर्णाली प्रदेश सरकार : कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख दिने घोषणा

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संक्रमणबाट मृत्यु भएकाको परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता विमला केसीले कोरोना संक्रमणबाट मृत्यु भएका प्रदेशका नागरिकको परिवारलाई राहतस्वरूप १ लाख रकम प्रदान गर्ने निर्णय गरिएको बताइन् । ‘विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको छ,’ उनले भनिन्, ‘उक्त रकम कोभिड–१९ सँग सम्बन्धित समस्या समाधानका लागि खर्च गरिनेछ ।’ अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न प्रदेशका सबै जिल्लाका अस्पताललाई एक/एक करोड दिने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरेको जानकारी उनले दिइन् । यस्तै प्रदेश सरकारले अस्पताल भर्ना भएका कोरोनाका बिरामीलाई पौष्टिक खाना खुवाउन दैनिक ४ सयदेखि ६ सय रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । ‘हुम्ला, मुगु र डोल्पाका बिरामीलाई ६ सय रुपैयाँ, कालीकोट र जुम्लाका बिरामीलाई ५ सय रुपैयाँ र अन्य जिल्लाका बिरामीलाई खानाका लागि दैनिक ४ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ,’ प्रवक्ता केसीले भनिन्, ‘बैठकले कोभिडका बिरामीका लागि प्रदेश अस्पतालमा ५ सय बेड तयार गर्ने निर्णय पनि गरेको छ ।’ अक्सिजन सहितका १ सय बेड तत्काल सञ्चालनमा ल्याउन र ३ सय बेडको तयारीका लागि प्रिफ्याबको हल बनाउन नेपाली सेनालाई जिम्मा दिने निर्णय भएको समेत प्रवक्ता केसीले जानकारी दिइन् । उनका अनुसार प्रदेशभर कार्यरत स्वास्थ्यकर्मीमध्ये ७५ प्रतिशतलाई कोभिडको उपचारमा परिचालन गर्ने निर्णय गरिएको छ । यस्तै कालीकोट, दैलेख, रुकुम पश्चिम, जाजरकोट र सल्यानका जिल्ला अस्पतालमा अक्सिजनसहित एक सय बेड र हुम्ला, मुगु र डोल्पामा अक्सिजनसहित ५० बेड तयार गर्ने निर्णय भएको छ ।

महानगरवासी कोही पनि दुःखी छैनन् : विद्यासुन्दर

३० कात्तिक, काठमाडौं । तिहारलगत्तै काठमाडौं महानगरपालिकाले खुलामञ्चको निशुल्क खाना बन्द गर्ने निर्णय गरेको छ । यद्यपि सयौँको संख्यामा गरिवहरु खुलामञ्चमा दैनिक पुगिरहेका छन् । महानगरले खुला ठाउँमा खाना खुवाउन बन्द गर्ने निर्णय निकै आलोचित बन्यो …

भेरी अस्पतालमा बिरामी र कुरुवालाई २० रुपियाँमै पेटभरी खाना

भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने विरामी र कुरुवाहरुका लागि २० रुपियाँमा पेटभरी खाना दिन थालिएको छ । नेपालगञ्ज उप–महानगरपालिका र श्री सुन्दर काण्ड मित्र मण्डलले सुरु गरेको अभियानमा खाना खान आउनेहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । सुन्दर काण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले दैनिक चारसय जनालाई आफहरुले खाना खुवाउन सक्ने जानकारी दिनुभयो ।

भोकाको गाँस खोस्दै काठमाडौं महानगरपालिका : खाना खुवाउँदा शहर फोहोर भएको आरोप

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी 'दैनिक खाना खुवाउने' अभियानमा रोक लगाउने भएको छ। सार्वजनिक स्थलहरूमा खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको भन्दै खाना खुवाउन आउने र खानेविरुद्ध खट्न महानगरले नगर प्रहरीलाई निर्देशन दिइएको हो। कोभिड-१९ को महामारी र संक्रमण नियन्त्रणका लागि जारी लकडाउन एवं

कोरोना संक्रमितलाई राधास्वामी सत्संगको पाहुना सत्कार

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन सुरू गरेपछि दैनिक ज्यालामजदुरी गरेर खानेहरुको घरमा चुलो बल्न छाड्यो । त्यसपछि उनीहरुलाई खाना खुवाउन सहयोगीहरु हातहरु पनि अगाडि ...