अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अजोड इन्स्योरेन्स कम्पनीले सेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाका लागि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विनबाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।