प्रभु क्यापिटल–त्रिभुवन विश्वविद्यालय सम्झौता

काठमाडौं (अस) । प्रभु क्यापिटल लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता भइको छ । सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रोफेसर डा. रामजी गौतमले हस्ताक्षर गरेका थिए । दक्ष व्यवस्थापकीय क्षमताका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई वित्त तथा व्यवस्थापन क्षेत्रमा व्यावहारिक शिक्षा प्रदान गर्नेलगायत विषयमा सहकार्य गर्ने गरी आपसी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार प्रभु क्यापिटलले केन्द्रीय व्यवस्थापन विभागमा एमबीए अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्न प्रभु क्यापिटल मेरिट अवार्ड प्रदान गर्नेछ । यस्तै, क्यापिटलको अनुसन्धान तथा विश्लेषणमा मद्दत पुग्ने गरी केन्द्रीय व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीसँग सहकार्य गर्नेलगायत विषयमा सम्झौता भएको छ । कार्यक्रममा त्रिवि केन्द्रीय व्यवस्थापन विभागका एमबीए कार्यक्रम निर्देशक सह–प्राध्यापक ज्ञानमणि अधिकारी, एमबीए कार्यक्रम उपनिर्देशक उप–प्राध्यापक डा. बलराम दुवाल र प्रशासकीय अधिकृत मुकुन्द रिमाल तथा प्रभु क्यापिटलका  सञ्चालक उप–प्राध्यापक डा. भरतसिंह थापा, लगानी शाखा प्रमुख दुर्गानन्द झालगायत उपस्थित थिए ।