रुसले मारियोपोलको अस्तित्व मेटाइदियो : युक्रेनी विदेशमन्त्री

काठमाडौं : युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले मारियोपोल सहरको अस्तित्व मेटाइ दिएको बताएका छन्।  एक समाचार संस्थासँगको कुराकानीमा कुलेबाले रुसी सेनाले दुई महिनादेखि लगातार आक्रमण गरी मारियोपोल सहर नष्ट बनाएको बताए। उनले रुसले कुनै पनि मूल्यमा मारियोपोल सहरको अस्तित्व मेटाउने गरी नियोजित रुपमै आक्रमण गरेको बताए। हिजो रुसले मारियोपोल सहरमा आत्मसपर्ण गर्न गरेको अपिल युक्रेनी सैनिकले अस्वीकार गरेका थिए। पछिल्लो पटक रुसी सेनाले मारियोपोल सहर प्रवेश गर्ने नाकाहरु बन्द गर्ने प्

सम्बन्धित सामग्री

रुसले उर्जा आतंक मच्चाएको युक्रेनी राष्ट्रपतिको आरोप

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि उर्जा आतंक मच्चाएको आरोप लगाउनुभएको छ । रुसले युक्रेनका उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण आधा भन्दा बढी क्षेत्र अन्धकारमा फसेको र ४५ लाख सर्वसाधारण उर्जाविहिन अवस्थामा बाँच्नु परेको भन्दै जेलेन्स्कीले उर्जा आतंक मच्चाएको आरोप लगाउनु भएको हो । युक्रेनी सेनाको प्रतिकारमा कब्जा गरिएका क्षेत्रबाट पछि हट्नु परेपछि रुसले […]

रुसले आफूमा गाभेको डोनेट्स्कको लिमन बजार युक्रेनी सेनाको नियन्त्रणमा

रुसले आफूमा भागेको युक्रेनको डोनेट्स्कको लिमनमा रुसी सैनिक पराजित भएका छन् । युक्रेनी सैनिक डोनेट्स्कको लिमनबाट रुसी सैनिकलाई हटाउन सफल भएका हुन् । लिमनमबाट आफ्ना सैनिक पछि हटेको रुसीले पनि स्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेनी सैनिकले ठूलो क्षति बेहोरे पनि उनीहरुको आकार ठूलो रहेकाले आफ्ना सैनिक पछि हटेको स्वीकार गरेका हुन् […]

रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँमा युक्रेनी राष्ट्रपतिको भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण सुरु गर्नुभएको छ । पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ । जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको बीबीसीले जनाएको छ । उहाँले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताउनुभएको छ । युक्रेन पछिल्लो समय पूर्वी युक्रेनमा आक्रामक बन्दै रुसले कब्जा गरेका भूमि फ...

रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र युक्रेनी सेनाले फिर्ता लिए

युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयको दाबीअनुसार युक्रेनी सेनाले भिषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् । कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक हप्तापछि नै कब्जामा लिएको थियो । युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्त्वपूर्ण सफलता भनेका छन् । बीबीसीले लेखेको छ, यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुनः फर्काउन युक्रेन सक्षम...

रुसले थप युक्रेनी भूभागलाई गाभ्ने योजना बनाएको अमेरिकाको दाबी

रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीतिलाई प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले यूक्रेनको भूभाग कब्जा गर्नका लागि आधार तयार पारिसकेको बताउनुभएको छ । रुसले यूक्रेनमा कब्जा गरेका क्षेत्र गाभ्ने विषयबारे सेप्टेम्बर लगत्तै ‘फर्जी’ जनमत सङ्ग्रह गर्न सक्ने पनि उहाँको दाबी रहेको बीबीसीले जनाएको छ । रुसले अवैध रूपमा युक्रेनमा रुस समर्थक अधिकारीहरू तयार...

रुसले दुई युक्रेनी शहरमा आक्रमण कम गर्ने बताएपछि कसको प्रतिक्रिया कस्तो?

रुसले युक्रेनको राजधानी किएभ र चेर्निहिभमा सैन्य आक्रमण घटाउने बताए पनि त्यसमा युक्रेनसहित पश्चिमा राष्ट्रले संशय व्यक्त गरेका छन् । ‘युक्रेनी नियत नबुझ्ने पनि छैनन्’, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । टर्कीको राजधानी स्तानबुलमा मंगलबारदेखि सुरु भएको युक्रेन–रुस वार्तापछि रुसले दुई शहरमा आक्रमण कम गर्ने बताएको थियो । तर त्यसमा युक्रेन तथा पश्चिमा राष्ट्रले […]

रुसले युद्धमा आतंकवादी उपाय अपनाइरहेको छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युद्धकामा आतंकवादी उपाय अपनाएको आरोप लगाएका छन् । राजधानी किभबाट  मानिसहरुलाई सम्बोधन गर्दै भने, ‘रुसी आक्रमणकारीहरूको कार्य आतंकवादी (इस्लामिक स्टेट)जस्तै छ।’ जेलेन्स्कीले रुसले मेलिटोपोलका मेयरलाई कैद गरेको आरोप लगाएका छन् । उनले युद्धग्रस्त क्षेत्र छाड्नेको संख्या शुक्रबार निकै घटेको बताए । ‘यति सबै हुँदाहुँदै पनि ७ हजार १४४ जनाको उद्धार […]

रुसले गरेको बम आक्रमणमा युक्रेनी अभिनेता लीको मृत्यु

२५ फागुन, काठमाडौं । रुसले गरेको बम आक्रमणमा युक्रेनका चर्चित अभिनेता तथा टीभी प्रस्तोता पासा लीको मृत्यु भएको छ । बीबीसीका अनुसार राजधानी किभ नजिकैको युक्रेनी सहर इरपिनमा भएको घटनामा लीको मृत्यु भएको हो । ३३ वर्षीय लीले रुसी आक्रमणको पहिलो दिन युक्रेनको प्रतिरक्षा गर्ने दस्तामा भाग लिएका थिए । इरपिन सहरका बासिन्दाका अनुसार अभिनेता […]

रुसले गरेको आक्रमणमा ४० भन्दाबढी युक्रेनी सैनिकको मृत्यु

काठमाडौँ– रुसले गरेको सैनिक आक्रमणबाट अहिलेसम्म ४० जनाभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार रुसी सीमा क्षेत्रमा ती सैनिकहरू मारिएका हुन् । रुसले नेपाली समयअनुसार आज बिहानैबाट युक्रेनको राजधानी किएभसहित मुख्य शहरहरूमा क्षेप्यास्त्र हमला गरिरहेको छ । तस्वीर– एरिस मेसिनिस/एएफपी)

रुसले कुनै पनि बेला आक्रमण गर्नसक्ने युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं । रुसले युरोपमा कुनै पनि बेला ठूलो आक्रमण गर्नसक्ने दाबी युक्रेनले गरेको छ । देशभर संकटकाल लागू गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेन विरुद्ध कुनै पनि बेला युद्ध सुरू गर्ने र त्यो युरोपभर फैलिनसक्ने दाबी गर्नुभएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो फोन कल नउठाएको जानकारी दिँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिन आक्रमणको […]