प्रधानन्यायाधीश राणाविराेधी बार आन्दोलनकाे स्वरुप परिवर्तन

काठमाडौँ – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी गर्दै आएको आन्दोलनको स्वरुप आइतबारदेखि परिवर्तन गर्दैछ। यसअघि राजीनामा मागको मुद्दालाई प्रमुख बनाएको बारले आइतबार भने आफ्नो आन्दोलमा भएको बल प्रयोगको विरोधलाई प्राथमिकतामा राखेको छ। बारको शुक्रबार बसेको बैठकको निर्णयअनुसार कानुन व्यवसायीहरुले आइतबार देशभरका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस गर्नेछैनन्। बारले भनेको छ, […]