सर्वेक्षणहरूको औचित्य

विभिन्न तथ्यका बारेमा गरिएका सर्वेक्षणले आगामी दिशा तय गर्न र नीति निर्मातालाई नीति बनाउन सहयोग मिल्छ । नेपालमा यस्तो सर्वे निकै कम भइरहेको सन्दर्भमा पछिल्ला समय नेपाल राष्ट्र बैंकले विभिन्न शीर्षकमा सर्वेक्षण गरी त्यसको प्रतिवेदन सार्वजनिक गरिरहेको छ । राष्ट्र बैंकको यो काम सकारात्मक छ तर यस्तो सर्वेक्षणमा विश्वविद्यालयहरू र थिङ्क ट्याङ्कहरूको संलग्नता बढी महत्त्वपूर्ण हुन्छ जुन नेपालमा खासै भइरहेको देखिँदैन । विविध शीर्षक र विषयमा विश्वविद्यालय तथा स्वतन्त्र थिङ्क ट्याङ्कहरूले यस्ता सर्वेक्षणहरू गरिनुपर्छ । सरकारले गरेको घोषणाले यस्ता प्रतिवेदनका निष्कर्षमा परिवर्तन आउन सक्छ । सर्वेक्षणको प्रतिवेदनअनुसार सर्वसाधारण र व्यवसायीहरूले  आफ्नो योजना परिवर्तन गर्छन् । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षाले अबको १ वर्षमा मिन औसत मूल्यवृद्धि १० दशमलव ३ प्रतिशत पुग्ने अपेक्षा गरेको देखिएको छ । त्यस्तै मिडियन औसत मूल्यवृद्धि ९ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । बजारका ग्राहकले दिएको जवाफको आधारमा यस्तो मूल्य वृद्धिको अपेक्षाको निष्कर्ष निकालिएको हो । यो जनताको अपेक्षा मात्र हो, त्यसैअनुसार मूल्य वृद्धि हुन्छ भन्ने होइन । खासमा नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले भने मूल्य वृद्धिको प्रक्षेपण गर्छ । जनताले मूल्य वृद्धिको जुन अपेक्षा गरेका छन् त्यसअनुसार उनीहरूले तयारी पनि गरेका हुन सक्छन् वा यस्तो तथ्यांकले उनीहरूलाई खर्च व्यवस्थापनमा सहयोग पु¥याउन सक्छ । त्यसैले यस्तो सर्वेक्षण ६–५ महीनामा मात्र नभई ३–३ महीनामा र सम्भव भए हरेक महीनामा गर्नु उपयुक्त देखिन्छ । अमेरिकामा विश्वविद्यालयहरूले गर्ने गरेको उपभोक्ता सन्तुष्टि सर्वेक्षण, खरीदकर्ताका सूचक आदिको सर्वेक्षण निकै महत्त्वपूर्ण हुन्छन् । विश्वविद्यालयहरूले विभिन्न शीर्षकमा सर्वेक्षण गर्ने, तथ्यांकहरूको विश्लेषण गर्ने मात्र होइन, केस स्टडीहरू गर्ने तथा अनुसन्धान गर्ने र त्यसबाट प्राप्त निष्कर्षलाई सार्वजनिक गर्ने गर्छन् । यस्ता निष्कर्षहरू सरकार र निजीक्षेत्र दुवैका लागि मार्ग निर्देशक बन्छन् । अमेरिकामा जुन प्रगति भएको छ, त्यसको एउटा कारण यस्तो सर्वेक्षण र अनुसन्धानहरू नै हुन् । नेपालका विश्वविद्यालयहरू अनुसन्धान केन्द्र बन्नसकेका छैनन् । त्रिभुवन विश्वविद्यालयमा भएका सेडाजस्ता अनुसन्धान केन्द्र पनि आर्थिक अभावका कारण अहिले निष्क्रिय देखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिजनेश कन्फिडेन्स सर्वे गराउन थालेको थियो । तर, त्यो पनि अहिले रोकिएको छ । यस्तोमा राष्ट्र बैंकले भए पनि यस्तो सर्वेक्षण तथा अनुसन्धान गराउनु सकारात्मक हो । राष्ट्र बैंकले घरजग्गाको मूल्य सम्बन्धमा पनि यस्तै अध्ययन गरेको थियो । त्यसैगरी विभिन्न प्रदेशको विकास सम्भाव्यताबारे समेत राष्ट्र बैंकले अध्ययन गरेको थियो । यस्तो अध्ययन गर्दा विभिन्न प्रश्नावली बनाएर गर्नुपर्ने हुन्छ । नेपालमा सूचना प्रविधिको राम्रो उपयोग हुन नसक्दा यस्तो प्रश्नावली भराउन नै समस्या देखिन्छ । त्यही भएर केही समूहमा मात्रै प्रश्नावली भराइन्छ जसले सर्वेक्षणको नतिजा पूर्ण विश्वसनीय हुन सकेको छैन । अमेरिकाजस्ता देशहरूमा विभिन्न तथ्यांकहरू सीधै प्रणालीमा दर्ता हुन्छन् । नेपालले पनि आईटीको प्रयोगबाट यस्तो गर्न सक्छ । बैंकले वर्षको दुईचोटि घरजग्गाको सर्वेक्षण गर्न थालेको पाइन्छ । तर, दलालले मूल्य नदिएको बैंकको गुनासो छ वास्तवमा नेपालमा घरजग्गा विक्रीमा दलालको व्यवस्था नै छैन । घरजग्गामा मात्र होइन, अन्य कारोबारमा पनि नेपालमा दलालसम्बन्धी कानूनी व्यवस्था छैन । बिचौलियाको राज छ भनेर भनिन्छ तर त्यसलाई व्यवस्थित गर्न भने सरकारले चासो दिएको छैन । त्यसैले विविध शीर्षक र विषयमा विश्वविद्यालय तथा स्वतन्त्र थिङ्क ट्याङ्कहरूले यस्ता सर्वेक्षणहरू गरिनुपर्छ । सरकारले गरेको घोषणाले यस्ता प्रतिवेदनका निष्कर्षमा परिवर्तन आउन सक्छ । सर्वेक्षणको प्रतिवेदनअनुसार सर्वसाधारण र व्यवसायीहरूले  आफ्नो योजना परिवर्तन गर्छन् । यसले आर्थिक विकास र अन्य क्षेत्रमा समेत सहयोग पु¥याउ“छ । अतः सरकार र निजीक्षेत्रले समेत यस्ता अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्नुपर्छ ।

सम्बन्धित सामग्री

औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड

प्रदेश सभाको स्थापना दिवसमा प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझाइएको छ।

जबजको औचित्य सकिएको छैन : अध्यक्ष नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताएका छन् । आइतबार काठमाडौंमा डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताएका हुन् । नेपाली कम्युनिष्ट आन्दोलनको परिवेशमा जबजको सान्दर्भिकता र आवश्यकता रहेको उनले बताए […]

बसेन प्रदेशको औचित्य पुष्टिको जग

लुम्बिनी प्रदेशको अघिल्लो पाँच वर्षे कार्यकालको सरकारले प्रदेशको औचित्य पुष्टि गर्न सकेन। पटकपटक सरकारको नेतृत्व फेरिए। तर प्रदेशको औचित्य पुष्ट्याइँ गर्ने तागत भने कुनै नेतृत्वले पनि देखाउन सकेन।...

संघीयताको औचित्य सकियो– विप्लव

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य समाप्त भएको बताएका छन्। शुक्रबार गृहजिल्ला कपिलवस्तुमा आयोजित एक कार्यक्रममा विप्लवले संघीयताबारे खरो टिप्पणी गरेका हुन्। उनले नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य सकिएको बताएका हुन्। विप्लवले हाल अभ्यासमा आइरहेको संघीयताभन्दा जनताको समानुपातिक संघीयताको खाँचो रहेको औँल्याए। ‘मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको […]

संघीयताको औचित्य रहेन : विप्लव

कपिलवस्तु २३ मंसिर। मुलुकमा सघियताको औचित्य नभएको नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले हालको नेता व्यवस्थापन सघियताभन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको औंल्याए । उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्टाउदै पछिल्लो समय […]

नेपालमा संघीयताको औचित्य रहेन: विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा संघीयताको औचित्य नरहेको बताएका छन् ।

धान दिवसको औचित्य

युवालाई आकर्षित गरेर व्यावसायिक रूपबाट कृषिलाई अगाडि नबढाएसम्म आयातमुखी अर्थव्यवस्थामा परिवर्तन हुने छैन। सरकारले जतिपटक धान दिवस मनाए पनि नेपालीको भान्सामा विदेशी वस्तु प्रयोग गर्नुपर्ने अवस्था आएपछि धान दिवसको औचित्य देखिने छैन।...

महाभियोगको औचित्य

यसअघि २०७४ वैशाख १७ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध राखिएको महाभियोग प्रस्तावको औचित्य पुष्टि गर्न अहिलेसम्म सम्भव भएको छैन। तर, पारित हुनै नसक्ने भए पनि अहिले प्रधानन्यायाधीश राणाविरुद्ध आएको महाभियोग प्रस्तावको भने अर्थ छ।...

‘संसदीय सुनुवाइ समितिको औचित्य छैन’

काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन्। सिंहदरवारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताए। पूर्वकानुनमन्त्री समेत रहेका उनले संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको उल्लेख गर्दै सो समितिलाई प्रभावकारी बनाउने […]

यही अवस्थामा संसदीय सुनुवाईको औचित्य छैन : देव गुरुङ

१४ माघ, काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको सुनुवाई समितिको बैठकमा बोल्दै गुरुङले हालसम्मको अनुभव हेर्दा समितिको औचित्य र अर्थ नरहेको बताएका हुन् । ‘अहिलेसम्मको हाम्रो अनुभव के हो त भन्दाखेरि यो सुनुवाई समिति रहनु र नरहनुको कुनै […]