उद्यमी बनाउन महिलालाई तालिम

दाङमा महिलालाई जुत्ता बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा महिलालाई छाला जन्य वस्तु उत्पादन तथा बजारीकरण प्रविधि सहयोग सम्बन्धी ४५ दिने तालिम प्रदान गरिएको छ । महिलालाई आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत बिक्रम केसीले जानकारी दिए । सीपको सदुपयोग गरेर अगाडि बढेमा […]