कैलालीको गोदावरी नगरपालिका दुई  प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

कैलालीको गोदावरी नगरपालिका तत्कालीन दुई जना प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न १३ वटा सडकमा गुणस्तरहीन काम हुँदा पनि भुक्तानी दिएको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको प्रतिवेदन अनुसन्धान गर्दा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति ज