१८ औं हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनर नबिल बैंक

मंसिर ३, काठमाडौं । नबिल बैंक लिमिटेडले १८ औं हस्तकला व्यापार मेला र १६ औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ । नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर गतेदेखि ५ गतेसम्म हायात रिजेन्सी होटल काठमाडौंमा हस्तकला मेला आयोजना हुँदैछ । नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यसवर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको जानकारी दिएको छ ।  महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवम् प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैंकिङ दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको बैंकले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

हस्तकला व्यवसायको प्रवर्द्धनमा नबिल बैंक

काठमाडौं । १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित होटेल ह्यातमा जारी छ । मेलामा नेपाली मौलिक कला, संस्कृति झल्काउने हस्तकलाका सामग्री राखिएका छन् । नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर नबिल बैंक रहेको छ ।  बैंकले महासंघसँग सहकार्य गर्दै हस्तकला व्यवसायको...

हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनरमा नबिल बैंक

नबिल बैंकले १८औं हस्तकला व्यापार मेला र १६ औं हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि ५ आइतबारसम्म हयात रिजेन्सी होटलमा मेला सञ्चालन हुने छ । नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका […]

हस्तकला व्यापार मेला सुरु, स्टल राखेरै नबिल बैंकले दियो सेवा

काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटलमा १८ औं हस्तकला व्यापार मेला तथा १६ हस्तकला प्रतियोगिता सुरु भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले हस्तकलाको व्यापार, निकासी र राजश्वसम्बन्धी समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताएका छन् । नेपाली हस्तकलामा आधुनिकता थप्न सके यसप्रति अन्तराष्ट्रिय समुदायको थप आकर्षण बढ्ने भन्दै त्यसतर्फ लाग्न सुझाव समेत दिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताए । अहिले विश्वका ८० देशमा नेपाली हस्तकलाको निर्यात हुँदै आएको उनको भनाइ छ ।आजबाट सुरु भमएको उक्त मेला आइतबारसम्म चल्नेछ । मेलाको बैंकिङ पार्टनर नबिल बैंक छ । नबिल बैंकले मेला आयोजना भएकै स्थानमा स्टल राखेरै सेवा दिएको छ । बैंकले क्यूआर कोड पनि वितरण गरेको छ ।

नबिल बैंक हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

आज (मंसिर ३) देखि काठमाडौंको हयात रिजेन्सी होटलमा शुरू १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगितामा नबिल बैंक आधिकारिक बैंकिङ पार्टनर तोकिएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला तथा प्रतियोगिता आइतबारसम्म जारी रहनेछ । नबिल बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । महासंघसँग नबिल बैंकले तेस्रोपटक बैंकिङ पार्टनरशीप गरेको हो ।