तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेलको अग्रता कायमै

तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ। यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ २ हजार ५ सय मत गनिएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । पौडेलले १ हजार ५६१ मत प्राप्ता गर्दा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले  १ हजार १०८ मतसहित पौडेललाई पछ्याइरहेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४१५ मत ल्याउँदा राप्रपाका बिनोद घर्तीले ३२०र स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले १९९ मत पाएका छन् । 

सम्बन्धित सामग्री

तनहुँमा रामचन्द्र पौडेल र शंकर भण्डारीको अग्रता

तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै छन् ।

लुम्बिनीमा ९८६ मत गणना हुँदा अमरसिंह पुन ९० मतले अगाडि

काठमाडौं । कांग्रेस लुम्बिनी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुनले अग्रता कायमै राखेका छन् । ९८६ मत गणना हुँदा पुनले ५२३ मत प्राप्त गरेका छन् ।   नका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा पक्षका भरत शाहले ४३३ मत पाएका छन् ।  पुन ९० मतले अगाडि छन् । मतदानमा जम्मा १६३१ खसेको थियो ।

लुम्बिनीमा ९१६ मत गणना हुँदा अमरसिंह पुनको अग्रता कायमै

काठमाडौं । कांग्रेस लुम्बिनी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुनले अग्रता कायमै राखेका छन् । ९१६ मत गणना हुँदा पुनले ४९४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा पक्षका भरत शाहले ४१३ मत पाएका छन् ।