पाल्पा : पाल्पामा वृद्धालाई बलत्कार गर्न खोजेको आरोपमा एक किशोर पक्राउ परेका छन्।माथागढी गाउँपालिकाकी ७८ वर्षीया वृद्धालाई रोल्पा लुङ्ग्री गाउँपालिका–७ का १९ वर्षीय शंकर विकले जबर्जस्ती गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।विक माथागढीमा कुलो निर्माणमा लेबर काम गर्दै आएका छन्। रक्सी खाएका उनले घरमा कोही नभएका समयमा बुधबार दिउँसो बलात्कार प्रयास गरेका पचभैयाले बताए।आरोपित विकलाई जबरजस्ती करणी उ