फेरि ३४ पानाको राहदानी

राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ । अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पानाको राहदानीका लागि असोज १ देखि आवेदन खुला गरिएको छ । अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्त गरेकाले पहिलेकै शुल्क १२ हजार रुपियाँमा द्रुत सेवामार्फत राहदानी पाउने राईले बताउनुभयो । पुरानै कम्पनीसँग विभागले गरेको सम्झौता अनुसार अर्को साता २८ लाख प्रति राहदानी नेपाल आइपुग्ने भएको छ ।