वादी समुदायको माग सम्वोधन भएन

सुर्खेत : खेतीका लागि जग्गाको व्यवस्थापन हुनुपर्ने मागसहित दुई वर्षअघि आन्दोलन गरेर कर्णाली सरकार र वादी समुदाय बीचमा भएको सहमति अझै पालना हुन सकेको छैन।१८ दिनसम्म लगातार आन्दोलन गरेर उक्त सहमति भएको थियो। तीन सय भन्दा बढी वादी समुदायकाे आन्दोलनबाट गलेको तत्कालीन सरकारले गरेका सहमति अहिलेसम्म पूरा भएकाे छैन।'समुदायका नागरिक गाउँ–गाउँमा सहयोग माग्न जान सकेनन्। खोलामा गिट्टी–बालुवाको पनि काम भएन। ज्याला–मजदुरी पाउने त कुरै भएन। हामी आफ्नै घरमा भोकै बस्न बाध्य भ