राजनीति गर्दै गरौँला, पहिले कोरोनाविरुद्ध लडौँ : नेता  पुन

रुकुम (पूर्व) : पूर्व ऊर्जा, जलस्रोत तथा सिञ्‍चाइ मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन मगरले पहिले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने बताएका छन्। रोल्पाका दशवटै स्थानीय तह, रोल्पा अस्पताल तथा अन्य निकायलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नेक्रममा उनले यस्तो बताएका हुन्।नेता पुनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनीति नगर्न सबैसँग आग्रह गरेका छन्। स्वास्थ्य सामाग्री जिल्लामा पुर्‍याउने विषयमा केही व्यक्तिले गैरजिम्मेवारीपूर्ण हिसाबले राजनीति गर्न खोजेको भन्दै उनले त्यसक