प्रजातन्त्र अनुदान होइनः पूर्वराजा

काठमाडौं, फागुन ७ । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान नभएको बताएका छन्। ‘प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान होइन,’ उनले भनेका छन्, ‘त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो। अरूले ओढाइ दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र […]

सम्बन्धित सामग्री

राप्रपाका नेताहरू र पूर्वराजा शाहबीच के विषयमा कुराकानी भयो?

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी चार शीर्ष नेताहरूले बुधबार दिउँसो पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह राप्रपाको नेतृत्वसँग असन्तुष्ट थिए । एमालेसँगै राप्रपा पनि सरकारबाट बाहिरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाको शीर्ष नेतृत्वले भेटघाट गरेको हो । केही महिनादेखि पूर्वराजा […]

पूर्वराजा शाहले लगाएको लाञ्छना आपत्तिजनकः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यको भर्त्सना गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार वक्तव्य जारी गरेर पूर्वराजा शाहले गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरुप्रति लाञ्छना लगाउनु आपत्तिजनक रहेको बताएका हुन्। ‘नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोही पनि ”श्री ५ महाराजधिराज” नरहेको तथा […]

रवीन्द्र मिश्रले १५ वर्षपछि भेटे पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्। उनले बिहीबार पूर्वराजा शाहसँग डेढ घण्टा लामो कुराकानी भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले यसअघि सन् २००७ मा पत्रकार हुँदा नै ज्ञानेन्द्र शाहसँग भेट भएको पनि उल्लेख गरेका छन्। ‘असोचनीय स्तरको प्रतिकूलता व्यहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको […]

रवीन्द्र मिश्रले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह

२१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । उनले बिहीबार पूर्वराजा शाहसँग डेढघण्टा लामो कुराकानी भएको आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । उनले यसअघि सन् २००७ मा पत्रकार हुँदा नै ज्ञानेन्द्र शाहसँग भेट भएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका […]

राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल : ज्ञानेन्द्र शाह (सन्देशसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने टिप्पणी गरेका छन् । पूर्वराजा शाहले शुक्रबार ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै हालको लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूको भूमिकाप्रति असन्तुष्टि जनाउदै यस्तो बताएका हुन् ।‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रबन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ’, शाहले भनेका छन् । त्यस्तै उ

राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन सक्दैन: पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका छन् । विजय दशमीको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताएका छन् । ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याइए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैनन भन्ने बोध […]

राजसंस्था बिना प्रजातन्त्र टिक्दैन : ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था बिना प्रजातन्त्र टिक्न नसक्ने बताएका छन्। दशैंको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्था बिना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देशको तत्कालिन परिस्थितिले बेग्लै...

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गएकाे आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना सङ्क्रमण देखिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न न...

निषेध र विभेदको राजनीतिले देश जटिलतामा फस्दै छ - पूर्वराजा ज्ञानेन्द्र

काठमाण्डौ - पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको छ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक चुनाव र दल विशेष नेताको शासन प्रणाली नभएको बताउनुभयो । हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहने भन्दै उहाँले देशको प्रतिष्ठा बढाउन हामी कत्तिको सफल भएका छौँ भन्नेबारे समीक्षा गर्नुपर्ने समय आएको बताउनुभयो । प्रजातन्त्रमा जनशक्ति र धनसम्पत्ति नै विशिष्ट भएको भन्दै उह...