काबुल विस्फोट : विमानस्थलछेउमै स्वदेश फर्कने पालो पर्खंदै ४० नेपाली

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल छेउमा बिहीबार साँझ भएको दुई विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको छ ।तालिवान अधिकारीले विस्फोटमा मारिनेमा बालबालिकासमेत रहेको जनाएको छ । घटनामा ६० जना घाइते छन् । तालिवानले सत्ता हातमा लिएपछि काबुलस्थित हामिद कारजाई विमानस्थल परिसरमा अफगानिस्तान छाड्न चाहनेको ठूलो भीड जम्मा भइरहेका बेला विस्फोट भएको हो ।