हरियाली बन्दै बागमती बगर

चन्द्रपुर (रौतहट), २५ भदौ । कुनै बेला ढुङ्गा तस्करको ढुङ्गा भण्डारण गर्ने तथा चरिचरन क्षेत्र बनेको रौतहटको बागमती बगर यतिबेला हरियाली बन्न थालेको छ । प्रदेश सरकारको नदी किनार संरक्षण कार्यक्रमअन्तर्गत बृहत वृक्षरोपण कार्यक्रम गरिएपछि उजाड र बेवारिसे बगर क्षेत्र अहिले हरियाली देखिन थालेको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती नदीको […]

सम्बन्धित सामग्री

मौसमी खेतीले हराभरा नारायणी बगर

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सयौं बिघा खेतीयोग्य जमिन नारायणी नदीको बाढीले कटान गर्‍यो । खेतीयोग्य जग्गा पूरै बगर भएपछि स्थानीयले खेतीपाती गर्न छाडे । दुई वर्षदेखि भने नारायणी बगर हरियाली बनेको छ । हिउँदमा उजाड बनेको बगरमा अहिले करोडौं रुपैयाँको तरबुजा र खरबुजा उत्पादन भइरहेको छ ।

‘मौसमी’ खेतीले नारायणी बगर हराभरा

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सयौं विगाहा खेती योग्य जमिन नारायणी नदीको बाढीले पटान गर्यो । खेतीयोग्य जग्गा पूरै बगर भएपछि स्थानीयले खेतीपाती गर्न छाडे । दुई वर्षदेखि भने नारायणी बगर हरियाली बनेको छ । हिउँदमा उजाड बनेको बगरमा अहिले करौडौं रुपैयाँको तरभुजा र खरभुजा उत्पादन भइरहेको छ ।

बागमती नदीको बगर अतिक्रमण, चुपचाप वन कार्यालय

गौर : रौतहटको वृन्दावन नगरपालिकामा पर्ने बागमती बगरको नदी उकास जमिनमा अतिक्रमण भएको छ। बगर अतिक्रमण हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन।वनको हजारौँ हेक्टर जमिन स्थानीय बासिन्दा तथा सुकुम्बासीको नाममा मकवानपुर, चितवन, सिन्धुली र काभ्रेबाट झरेकाहरूले अतिक्रमण गरेका हुन्।काँस घारी, खयर र बयरले छपक्क हरियाली रहेको बागमती बगरलाई अक्रिमणकारीले मासेर यति वेला धमाधम खेती गर्दा र घरटहरा बनाउँदा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यान जान नसकेको स्थानीय बासिन्दाले बताए।जंगली जनावरको वासस्थान रहेको ब

हरियाली बन्दै बागमती बगर

चन्द्रपुर (रौतहट), २५ भदौ । कुनै बेला ढुङ्गा तस्करको ढुङ्गा भण्डारण गर्ने तथा चरिचरन क्षेत्र बनेको रौतहटको बागमती बगर यतिबेला हरियाली बन्न थालेको छ । प्रदेश सरकारको नदी किनार संरक्षण कार्यक्रमअन्तर्गत बृहत वृक्षरोपण कार्यक्रम गरिएपछि उजाड र बेवारिसे बगर क्षेत्र अहिले हरियाली देखिन थालेको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती नदीको […]

बगर खेतीबाट आत्मनिर्भर बन्दै राप्तीका किसान

८ वैशाख, दाङ । कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । त्यही खेतीबाट उनीहरु  लखपति पनि बनिसकेका छन् । बगरे खेतीबाटै लखपति बनेका किसानहरूमा अहिले ठूलो जोस र जाँगर पलाउनाका साथै आफूलाई आर्थिक रुपमा सफल र सबल […]

बगरखेतीमा रमाउँदै कैलालीका किसान

कैलाली । कैलाली धनगढी उपमहागनरपालिका–१० की प्रमिला बखरिया बगरखेतीमा व्यस्त छिन् । हिउँदे मौसममा उनको समय बगरमै बित्छ । ‘बाह्रै महीना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ’, उनले भनिन्, ‘यसमा समयअनुसारको सबै तरकारी लगाउने गरेका छौं ।’ उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानीलगायत तरकारी उत्पादन गर्दै आएकी छिन् । हिउँदमा नदीको बहाव क्षेत्र साँघुरिने हुँदा बचेको बगरमा नै किसान तरकारी एवं विभिन्न किसिमका हिउँदे बाली लगाउने गर्छन् । कम खर्चमा राम्रो उत्पादन हुने भएकाले सदुपयोग हुन नसकेको बगरलाई बारीमा परिणत गर्ने किसानको संख्या बढ्दै गएको छ । धनगढी उपमहागनरपालिका–१० जुगेडाका भग्गु राना पनि तीन वर्षदेखि बगरखेती गर्दै आइरहेका छन् । ‘बगरमा हुने सबैखाले तरकारी लगाएका छौं, कम खर्चमा राम्रो उत्पादन हुन्छ,’ उनले भने । कुनै समय धान तथा गहुँ फल्ने जमीनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानले सदुपयोग गरिरहेका हुन् । धनगढीकै जुगेडाकै माया रानाले पनि सात वर्षदेखि बगरखेती गर्दै आएकी छिन् । ‘मोहनाले खेत सबै बगाएपछि धान रोप्न पाएनौं वर्षौंदेखि बाँझो रहेको बगरमा तरकारी लगाउने गरेका छौं,’ उनले भनिन्, ‘आम्दानी राम्रै भइरहेको छ ।’ नेपाल–भारत सिमाना हुँदै बग्ने मोहना नदीले हरेक वर्ष कैलालीका किसानको खेतीयोग्य जमीन कटान गर्दै बगरमा परिणत गरिदिन्छ । नदीले धार परिवर्तन गर्दै नेपालतिरको जमीन कटान गर्दै जाँदा नम्बरी जमीन पनि नदी पारिसम्म पुग्छ । बगर बनेको जमीन बाह्रै महीना प्रयोग गर्न नपाए पनि किसान यो समयमा भने बगरलाई तरकारी बाली लगाएर हरियाली बनाउँछन्, जसले उनीहरूलाई केही राहत दिन्छ । किसान बगरखेतीबाट मासिक रू. ३० देखि ५० हजारसम्म कमाउने गरेको बताउँछन् । किसानले बगरमा फलाएको तरकारी धनगढीको हाट बजारलगायत कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ । रासस

प्रकाश भन्छन्, केही छिन हराउनु मर्नु होइन

काठमाडौं : लोकगायक तथा सर्जक प्रकाश दुतराजले आत्महत्या प्रयासको समाचार गलत रहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले गलत बुझाइ र सूचनाका आधारमा आत्महत्या प्रयासको समाचार आएको बताएका हुन्।साँस्कृतिक कार्यक्रमको सिलसिलामाअष्ट्रेलियामा रहेका दुतराजले आत्महत्या प्रयास गरेका भन्दै सोमबार विभिन्न सञ्चार माध्यममा समाचार आएका थिए। यसमा सत्यता नरहेको जनाउँदै कवितात्मक शैलीमा उनले लेखेका छन्, ‘कहिलेकाहीँ हराई दिन्छु, यसै यसै। कहिले हरियाली पाखा पखेरी, उकाली ओराली, चौतारी अनि देउरालीहरू

लमजुङको हिलेबजार - बाढीले बनाइदियो बगर ! (फोटो फिचर)

लमजुङ – दुवैतिर उच्च हरियाली पहाड । खोँच हुँदै बगेको दोर्दी खोला । खोला आडैमा रहेको लस्करै बस्ती । केही दिन पहिलेसम्म आकर्षक लाग्ने यो ठाउँ अहिले उराठ लाग्दो बनेको छ । लमजुङको सुन्दर हिलेबजार, अहिले बगरको तन्नामा लमतन्न परेको छ । एक सय १४ घरधुरी रहेको यस बजारमा अहिले २० घर घटेका छन् । असार १ गते (मंगलबार) दोर्दी खोलामा आएको बाढीसँगै बगेर गए २० घर । ‘बाढीले धेरै क्षति पुर्यायो । हिलेबजारलाई बाढीले बगर नै बनाइदियो नि,’ भावुक हुँदै स्थानीय धर्म गुरुङले भन्नुभयो, ‘यति धेरै घर...

बाढिले उजाडिएको मेलम्ची (फोटोफिचर)

एक साता अघि आएको बाढिले सुन्दर मेलम्ची कुरुप पार्‍यो । हरियाली फाँटहरु एकाएक बगर बने । बाढीको भेलसँगै मान्छेका सपना बगे । सपना मात्रै बगेनन् दर्जनौं मान्छे बगे । अहिले मेलम्ची...

‘मेलम्चीमा आज पानी होइन लेदो बगिरहेको छ, सुन्दर नगरलाई हेर्दाहेर्दै बगर बनायो’

मंगलवार रातिदेखिको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ । हिजोसम्म हरियाली देखिएका खेतका फाँट आज बगरमा परिणत भएका छन् ।  हेलम्बु क्षेत्रमा गएको पहिरोका कारण आएको लेदोका कारण धेरै क्षति भएको स्थानीहरूले अनुमान गरेका छन् । तीव्र बेगमा आइरहेको खोला कहिले वारि र कहिले पारि गरिरहेको छ ।  स्वास्थ्य मन्त्री एवं सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वाचित पूर्व सांसद् शेरबहादुर तामाङले हेलम्बु १ भ्रातेकमा पहिरो गएको सामाजिक सञ्जालमा लेखेका छन् ।  स्थानीय कृष्णबहादुर मिजारले मेल...