प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ । यद्यपि अस्पतालको आइसियुमै राखिएको छ’ प्रचण्ड निकट एक नेताले भने, ‘सामान्य सुधार भएपनि चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले आइसियुमै राखिएको छ ।’ सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् ।

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन्। १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सीताको आज डिस्चार्ज भएको हो। स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उनको छोरी गंगा दाहालले जानकारी दिएकी छिन्।

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

१४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उनको छोरी गंगा दाहालले जानकारी दिएकी छिन् । ‘आज १५ दिनको हस्पिटल बसाइँपछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र […]

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्प

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल मंगलवार अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई शुक्रवार मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि मंगलवार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्ल...

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार साँझ  ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल लगिएको प्रचण्डको सचिवालयले जनाएको छ। पुरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ। अस्पतालका अनुसार ज्वरो आएर अस्पताल ल्याइएको थियो। उनको स्वास्थ्यमा अहिले सुधार आएको अस्पताल स्रोतले जना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना :: Pahilopost.com

ललितपुर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी छिन्।  आज बिहान अस्पताल भर्ना भएकी दाहालको उपचारमा डा.युवराज शर्माको टोली खटिएको अस्पतालले जनाएको छ। उनलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। उनको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलीप डङ्गोलले