नाफामा चल्दै उदयपुर सिमेन्ट

काठमाडौं । कमजोर व्यवस्थापनका कारण केही वर्षयता घाटामा चलिरहेको उदयपुर सिमेन्ट उद्योग नाफामा चल्न थालेको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालू आर्थिक वर्ष २०७८/७९ देखि लक्ष्य अनुसार नै विक्री शुरू गरेको छ । उद्योगले चालू आर्थिक वर्षको ९ महीनामा १८ लाख ९ हजार बोरा सिमेन्ट विक्री गरेको छ । चालू आवमा २४ लाख बोरा सिमेन्ट विक्री गर्ने उद्योगको लक्ष्य छ । सो अनुसार ९ महीनाको विक्रीको अवस्थाले वार्षिक लक्ष्य पूरा हुने विश्वास व्यवस्थापनले गरेको छ । उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले चालू आवको विक्री लक्ष्य पूरा भए वर्षेनि भइरहेको घाटामा कमी आउने बताए । पछिल्लो केही वर्षयता उद्योगको औसत घाटा वार्षिक करीब ३० करोड रुपैयाँ छ । चालू आर्थिक वर्षमा वार्षिक लक्ष्य अनुसार सिमेन्ट विक्री गर्न सके उद्योग नाफामा जाने अपेक्षा रहेको उनले बताए । यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झन्डै दुई गुणा वृद्धि भएकाले धेरै नाफामा लैजान नसकिने उद्योगका अधिकारीहरू बताउँछन् । पछिल्लो समय सिमेन्टको माग समेत घटेकाले विक्रीमा असर पर्ने सकिने सम्भावना कायमै छ । ‘२० लाख बोरासम्म विक्री गर्दा कुनै ‘इन्सेन्टिभ’ नपाउने तर सो माथि विक्री भएमा प्रतिबोरा १० रुपैयाँका दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीमा उत्साह छाएको छ,’ पोखरेलले भने । उद्योगलाई नाफामा लैजान सके बोनसलगायतको सुविधा पाइने, नगद प्रवाह राम्रो हुने भएकाले कर्मचारी लक्ष्य पूरा गर्न केन्द्रित रहेका उनको भनाइ छ । पछिल्लो समय उद्योगको वित्तीय स्थिति सन्तोषजनक रहेको उद्योगका अधिकारीहरू बताउँछन् । उद्योग व्यवस्थापनले आव २०७७/७८ को वित्तीय विवरण तयार गरी सम्पत्ति र दायित्वको यथार्थ मूल्यांकन गरिसकेको छ । उद्योग गत आवसम्मको  ५ अर्ब ४९ करोड ८६ लाख ४७१ नोक्सानी पूर्ति गरी ५६ करोड ३८ लाख ८६ हजार ८४१ रुपैयाँ बचत गर्न सफल भएको छ । उद्योग सञ्चालक समितिले आगामी जेठ ३० गते बस्ने वार्षिक साधारण सभाबाट आव २०७७/७८ को वित्तीय विवरण पारित गर्ने निर्णय गरिसकेको छ । विक्री नीति लागू गरी विक्रेतालाई इन्सेन्टिभको व्यवस्था गरिएको छ । रासस

सम्बन्धित सामग्री

उदयपुर सिमेन्ट उद्योग संचालनको माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

व्यवस्थापकीय कमजोरीका कारण झण्डै १ वर्षयता टाट पल्टँदै धराशायी हुन पुगेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेलाई सुचारु गर्न उदयपुरवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।...

जब उदयपुर सिमेन्ट उद्योगमा भूत मन्साइयो

८ असार, काठमाडौं । भूतप्रेत पिसाच मन्साउने अन्धविश्वास दूरदराजका गाउँघरमा पनि कम भइसक्यो । तर, पूर्ण सरकारी लगानीको उदयपुर सिमेन्ट उद्योगमा भने मंगलबार यस्तो अनौठो दृश्य देखियो । मंगलबार बिहानको ७ बजे उदयपुर सिमेन्ट उद्योगको कर्मचारी आवास परिसरबाट एक महिला निस्किन्छिन् । उनको दायाँ हातमा त्रिशुल, बायाँ हातमा खुकुरी र निधारमा जरीको झिलमिले टालो थियो […]

उदयपुर सिमेन्ट उद्योग निर्वाचनपछि सञ्चालन हुने

पूर्ण रूपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड निर्वाचनपछि सञ्चालन हुने भएको छ । आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो । यसभन्दा...

उदयपुर सिमेन्ट उद्योग निर्वाचनपछि सञ्चालन हुने

पूर्णरुपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निर्वाचनपछि सञ्चालन हुने भएको छ। आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो। यसभन्दाअघि कोइलाको...

उदयपुर सिमेन्ट उद्योग वैशाखयता ६८ दिन बन्द

दसैँ, तिहार र छठमा ‘पर्व बिदा’ मनाउने भन्दै बन्द गरिएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट अझै खुल्न सकेको छैन । विगतका वर्षहरूमा चाडपर्वमा कर्मचारीलाई दोब्बर तलब, भत्ता दिएर सञ्चालन हुने गथ्र्यो । बन्द...

कोइला अभावको समस्या झेल्दै उदयपुर सिमेन्ट

पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले पछिल्लो समय कोइला अभावको पिरलोमा छ।...

विद्युत् आपूर्ति नहुँदा २० दिनदेखि उदयपुर सिमेन्ट उद्योग बन्द

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग २० दिनदेखि बन्द भएको छ । गत ९ असारमा सिराहाको लाहानमा रहेको विद्युत्को टावरमा चट्याङले क्षति पुर्‍ याएर विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द भएको हो । विद्युत्...

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द

२८ असार, काठमाडौं । विद्युत अभावमा उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द भएको छ । उद्योग पूर्णरुपमा सन्चालन हुन ६ मेगावाट विद्युत आवश्यक पर्नेमा हाल दुई मेगावाट मात्र बिजुली आपूर्ति भएकाले सिमेन्ट उत्पादन रोकिएको उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए । उद्योग बन्द हुँदा यो आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा […]

उदयपुर सिमेन्ट उद्योग सुधारतर्फ

नेपालकै उत्कृष्ट गुणस्तरीय प्रमाणित गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले एकवर्षको प्रगति विबरण सार्वजनिक गरेको छ।...