चुनावको बहानामा लालपुर्जा वितरण रोकिँदैन : शशी श्रेष्ठ

विराटनगर । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपुर्जा वितरणको काम कुनै पनि बहानाले नरोकिने पनि बताइन् । […]

सम्बन्धित सामग्री

लालपुर्जा वितरण

चितवनको भरतपुुर महानगरपालिका–२, आँपटारी क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका १२० भूमिहीन परिवारलाई आइतबार धनीपुर्जा वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजना र राष्ट्रिय भूमि आयोगको समन्वयमा भरतपुर–२ मा भएको कार्यक्रममा धनीपुर्जा वितरण गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा पुर्जा वितरण गरिएको हो ।

४६ वर्षपछि लालपुर्जा

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ तुंखा र ओख्रेका २८ घरपरिवारले ४६ वर्षपछि लालपुर्जा पाएका छन् । २०३३ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँब्लकको नाममा परेपछि उनीहरू लालपुर्जाविहीन भएका थिए । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग नापी कार्यलय धनकुटाले आयोजना गरेको एक कार्यक्रमका बीच भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, विभागका महाप्रबन्धक […]