विकासका लागि स्रोत पर्याप्त छैन : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरद्वारा आज यहाँ आयोजित नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक रहेको स्पष्ट पार्नुभयो ।