मालढुङ्गा–बेनी सडक खण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने

म्याग्दी - मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक खण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आउँदाे वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो। गाडीको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी&...