नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा श्रेष्ठ

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजय लाल श्रेष्ठ (सनराइज क्यापिटल) निर्वाचित भएका छन् । बिहीबार भएको नेपाल मर्चेन्ट बैंकर्स संघको १३ औं वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । संघको उपाध्यक्षमा पारस मणी ढकाल (ग्लोबल आइएमई क्यापिटल), महासचिवमा रमेन्द्र रायमाझी (एनआइसि एशिया क्यापिटल) र कोषाध्यक्षमा मनिष नारायण जोशी (नबिल इन्भेष्टमेण्ट बैकिङ) निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा नारायण प्रसाद घिमिरे (नागरिक लगानी कोष), दिनेश थकाली (प्रभु क्यापिटल), नविन बास्कोटा (नेप