निजी क्षेत्र र एडीबीको लगानीबाट उत्पादित बिजुली किन्न भारत सहमत

भारतले नेपालबाट निजी क्षेत्र र एसियाली विकास बैंकको लगानी रहेका आयोजनाबाट समेत गरेर थप ३२५ मेगावाट विद्युत् किन्न सहमति जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणका क्रममा भारतीय पक्षले नेपालबाट कुल ३५४ मेगावाट बिजुली बेच्न विद्युत् प्राधिकरणलाई सहमति दिएको हो ।यसअघि, नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यात हुँदै आएको थियो । दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सकिएर उत्पादन थालेसँगै नेपालबाट भारततर्फ बिजुली निर्यात सुरु भएको हो । माथिल्लो तामाकोसीबाट असार २१ देखि व्यावसा

सम्बन्धित सामग्री

बिजुली बेच्न निजी क्षेत्र र भारतबीच समझदारी

नेपालका निजी ऊर्जा उत्पादकहरुले दुई सय मेगावाटसम्मको बिजुली बेच्ने गरी भारतीय कम्पनीसँग समझदारी गरेका छन् । मंगलबार काठमाडौंमा सुरु भएको ऊर्जा सम्मेलन (पावर समिट) का क्रममा यो समझदारी भएको हो । १०३.५ मेगावाटको चुवाखोला जलविद्युत आयोजना निर्माणकर्ता बिजबेल इनर्जी प्रालि र भारतको मानिकरण पावर तथा ८५ मेगावाटको कसुवाखोला निर्माणकर्ता कसुवाखोला हाइड्रोपावर लिमिटेड र मानिकरणसँग विद्युत […]

बिजुली बेच्न निजी क्षेत्र र भारतबीच समझदारी

काठमाडौं । नेपालका निजी उर्जा उत्पादकहरुले दुई सय मेगावाटसम्मको बिजुली बेच्ने गरी भारतीय कम्पनीसँग समझदारी गरेका छन् । मंगलबार काठमाडौंमा सुरु भएको उर्जा सम्मेलन (पावर समिट) का क्रममा यो समझदारी भएको हो । १०३.५ मेगावाटको चुवाखोला जलविद्युत आयोजना निर्माणकर्ता बिजबेल इनर्जी प्रा.लि. र भारतको मानिकरण पावर तथा ८५ मेगावाटको कसुवाखोला निर्माणकर्ता कसुवाखोला हाइड्रोपावर लिमिटेड र […]

लोडशेडिङ अन्त्य र विदेशमा बिजुली व्यापार गर्न सफल भएका छौँ : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको तथ्याङ्कमा ६ हजार पाँच सय पीपीए भएको देखिए पनि १५ सय कसैको झोला रहेको बताउनुभएकाे छ । आज आइतवार मन्त्रालयकाे एक वर्षकाे कार्य प्रगति सार्वजनिक गर्दै मुन्त्री भुसालले १५ सय मेगावाट बिजुली कसको झोलामा छ भनेर अनुसन्धान गर्ने बताउनुभयो ।  मन्त्री भुसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताउनुभयो । उहाँले बिजुली उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले देशमा लोडशेडिङको अन्त्य र विदेशमा बिजुली निर्यात...

नेपालमा किन बढेनन् बिजुली बस ?

२४ असार, काठमाडौं ।  बिहीबारदेखि काठमाडौंमा साझा यातायातले पहिलो पटक ३ वटा बिजुली बस सञ्चालनमा ल्यायो । थप ३७ बिजुली बस ल्याउने तय गरिसकेको साझा यातायात सरकारले अनुदान दिएको ३ अर्ब रुपैयाँमध्ये बाँकी रहेको पैसाले पनि विद्युतबाटै चल्ने बसहरु ल्याएर प्रवर्द्धन गर्ने सोचमा छ । तर, निजी क्षेत्र भने अहिलेसम्म पनि ठूला बिजुली बसमा लगानी […]

निजी क्षेत्रले भारतमा ५०० मेगावाट बिजुली बेच्ने, अनुमति नपाउँदै सम्झौता

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि वर्षायाममा बिजुली खेर जान थालेको छ । तामाकोसीबाट उत्पादन सुरु भएपछि यो वर्ष वर्षात्को समयमा ५०० मेगावाटसम्म बिजुली खेर गयो । विद्युत् प्राधिकरणले उत्पादित सबै बिजुली खपत गराउन नसक्दा बिजुली खेर गएको हो ।उत्पादित बिजुली खपत गर्ने ठाउँ नहुँदा खेर जान थालेपछि विद्युत् व्यापारमा निजी क्षेत्र सक्रिय बन्न थालेको छ । प्राधिकरण एक्लैले खपत बढाउन नसक्दा बिजुलीको व्यापारमा निजी क्षेत्र सक्रिय बन्न थालेको हो । यही क्र

यसरी खपत हुन सक्छ ५ हजार मेगावाट बिजुली !

काठमाण्डौ –  प्रसारण तथा वितरण प्रणालीको भरपर्दो व्यवस्थापन गर्न सकिएको खण्डमा आउँदाे तीन वर्षमा देशभित्रै थप पाँच हजार मेगावाट बिजुली खपत हुन सक्ने सम्भावना निजी क्षेत्रले देखेको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुली खेर गएको जनाउँदै गुनासो गरिरहेको छ । यसका लागि आवश्यक पहलसमेत गरिरहेको छ । अपेक्षित रूपमा खपत बढ्न सकेको छैन । तर, निजी क्षेत्र भने आशावादी देखिएको छ ।प्राधिकरणले वितरण तथा प्रसारण प्रणालीको विकास र सुधारका लागि पहल गरिरहेको छ । त्यसमा अझै गति दिएर वितरण प्रणालीको सुधार गर्न सकिए सहरी क्षेत्र...

बजेट निरन्तरताको पक्षमा निजी क्षेत्र

५ प्रतिशत ब्याजदरमा प्रदान गरिँदै आएको पुनर्कर्जाको निरन्तरता, स्टार्टअपलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजदरमा कर्जा, निषेधाज्ञा अवधिभरको विद्युतकाे डिमान्ड शुल्क मिनाहा, परियोजनाले आफैँ सडक, बिजुली र प्रसारण लाइन निर्माण गरेमा...

विद्युत् व्यापार गर्ने नेपालको कार्यविधि खै ?

केही दिनअघि भारतले जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिपछि नेपालको बिजुली व्यापारका लागि ढोका खुलेको भन्दै यसको सरकारी र निजी क्षेत्र दुवैबाट स्वागत गरियो । हुन पनि आगामी वर्षा समयमा झण्डै १५ अर्बबराबरको ५५० मेगावाट बिजुली खेर जाने प्रक्षेषणका कारण चिन्ता बढिरहेको बेला कार्यविधिले भारतको दैनिक बजार, आपसी सौदाबाजी र प्रतिस्पर्धामार्फत् बिजुली बेच्नका लागि बाटो […]

भारत र बंगलादेशमा बिजुली बेच्न निजी क्षेत्र नै अघि बढ्यो

नेपालको निजी क्षेत्र भारत र बंगलादेशमा बिजुली व्यापारका लागि बजार खोज्न आफँै कस्सिएको छ । विद्युत् आयात÷निर्यातका लागि निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले नेपाल पावर एक्सचेन्ज लिमिटेड गठन गरेका छन् । भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) गरिसकेको तथा बंगलादेशले पनि सन् २०४० भित्र ९ हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव गरे पनि हालसम्म कसरी व्यापार गर्ने टुंगो लागिसकेको छैन ।

यो वर्ष दुई सय १४ मेगावाट बिजुली थपिँदै

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो वर्ष दुई सय १४.२८ मेगावाट बिजुली थपिने भएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिन लागेको हो ।