काठमाण्डाै – सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आउँदाे शुक्रवार बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नुहुनेछ ।
बङंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्व कपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्न लागेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
बङ्गलादेशको राजधानी ढाकामा गएकाे पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली टोली प्रथम भएको थियो । टोलीले राष्ट्रको गौरव ब...