एजेन्सी, १३ असार । क्रोएसियाली फुटबल खेलाडी इभान पेरिसिकलाई कोरोना भाइरसको संक्रमण भएको छ । युरो कप अन्र्तगत आज साँझ स्पेनसँग नकआउट चरणमा भिड्न लागेको क्रोएसियालाई यो घटनाले झड्का लागेको छ । क्रोएसियाको फुटबल फेडेरेशनले पेरिसिकलाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । ३२ वर्षीय पेरिसिक सम्भवत अन्तिम युरो कप खेल्दै थिए । क्रोएसियाका भरपर्दा […]