युक्रेनबाट द्वन्द्व प्रभावित नेपालीको उद्धार सकिएको दाबी, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ- रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएको छ । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाए । खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीको ज्यान सुरक्षित र...

सम्बन्धित सामग्री

युक्रेनमा फसेका सबै नेपालीको उद्धार

जर्मनीस्थित नेपाली नियोगले रुस–युक्रेन द्वन्द्व प्रभावित नेपाली युक्रेनबाट सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएको छ । प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएका हुन् ।खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै […]

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।...

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।...

युक्रेनबाट अधिकांश नेपालीको उद्धार

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार कार्य सम्पन्न भएको छ ।   जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिएका हुन् । रुस युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै  खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरूको ज्यान सुरक्षित रहेको बताएका हुन्&n

युक्रेनमा अनुमान गरिएको भन्दा बढी नेपाली

काठमाडौं । युक्रेनमा यसअघि अनुमान गरिएको भन्दा धेरै नेपाली रहेको देखिएको छ । युक्रेनमा २३०–२४० हाराहारीमा नेपाली रहेको बताइएको भए पनि पछिल्लो समय यो संख्या हजार आसपास रहेको हुन सक्ने विश्लेषण गैरआवासीय नेपाली (एनआरएन) समूहहरूले गरिरहेका छन् । युक्रेन जानेमध्ये १९२ श्रम स्वीकृति लिएर गएकाहरू छन् । ३८ स्थायी बासिन्दाका रूपमा रहँदै आएका छन् । केही विद्यार्थी पनि छन् । तर यस बाहेक ठूलो संख्यामा अनडकुमेन्टेड (कागजपत्र नभएका) नेपाली पनि रहेको बताइएको छ । गैरआवासीय नेपाली र अन्य स्रोतका अनुसार अहिलेसम्म ४०२ नेपाली युक्रेन छाडेर स्लोभाकिया, हंगेरी, रोमानिया, माल्दावा लगायत अन्य देशमा पुगिसकेका छन् । यीमध्ये अधिकांश पोल्यान्डमा भएको जर्मनीस्थित नेपाली दूतावासको संयोजकत्वमा गठित रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धार उच्चस्तरीय समितिले बताएको छ । किभमा रहेका सबै नेपालीले युक्रेन छाडेको रूसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले बताएका थिए । युक्रेन भएर यूरोपका अन्य देशमा जान त्यहाँ लुकेर बसिरहेका नेपाली धेरै रहेको हुन सक्ने श्रम तथा प्रवास विज्ञ सोम लुइँटेल बताउँछन् । कानूनी रूपमा प्रक्रिया पुर्‍याएर गएकाहरूले आफ्नो अवस्थाबारे सार्वजनिक गरे पनि अनडकुमेन्टेड अवस्थामा रहेकाहरूले समातिने डरमा अझै लुकेर बसेको हुन सक्ने उनको भनाइ छ  । सरकारले कानूनी हैसियत जस्तो भए पनि नेपालीकै सक्रियताले उनीहरूको उद्धार गर्नुपर्ने देखिएको छ । युक्रेन छाडेर अन्य देश गएका नेपालीलाई एनआरएनका राष्ट्रिय समितिहरूले उद्धार गरिरहेका छन् । हालका लागि युद्ध पीडित नेपालीलाई एनआरएनएका राष्ट्रिय समितिहरूले खानेबस्ने व्यवस्था मिलाइरहेका छन् । तर सरकारले उनीहरूको उद्धारका साथै खान, बस्न र आर्थिक समस्या सम्बोधन गर्न तत्कालै पहल गर्नुपर्ने लुइँटेल बताउँछन् । नेपाल सरकारले युक्रेनका छिमेकी देशहरूसँग सहकार्य गरेर अनडकुमेन्टेड अवस्थामा रहेका नेपालीहरूको ट्राभल डकुमेन्ट बनाइदिने, सम्बन्धित देशहरूसँग वार्ता गरे अस्थायी रूपमै भए पनि बस्ने व्यवस्था मिलाइदिनुपर्ने लुइँटेलले औंल्याएका छन् । द्वन्द्वपीडित नेपाली समूहहरूको प्राथमिकता र आवश्यकता अनुरूप सरकारले उद्धारको योजना बनाउनुपर्ने उनले बताए । युक्रेनमा गैरकानूनी रूपमा बसिरहेका नेपाली धेरै भएको देखिएको अवस्थामा सरकारले प्रथमतः कानूनी रूपमा गएका र गैरकानूनी तवरले बसिरहेका सबैको तथ्यांक संकलन गर्न पहल गर्नुपर्ने देखिएको छ ।

युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौँ । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो । गैर आवासीय नेपाली सङ्घका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो […]