नयाँ हवाई रुट पाँच वर्षदेखि चर्चामै सीमित

नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै ५ वर्ष भइसकेको छ । गत वर्ष नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षीय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमतिसमेत भएको थियो । तर हालसम्म पनि कार्यान्वयनमा भने आउन सकेको छैन ।