भारतको सहयोगमा ५० हजार निजी आवास बने

भारत सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षतिग्रस्त ५० हजार घर पुनर्निर्माण भएका छन्। गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण सम्पन्न भएको हो।...

सम्बन्धित सामग्री

भारतको सहयोगमा ५० हजार निजी आवास पुनर्निर्माण

काठमाडौं । भारत सरकारको आर्थिक तथा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)को प्राविधिक एवं सामाजिक सहजीकरणमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास पुनर्निर्माण भएका छन् । गोरखा भूकम्पबाट ती जिल्लामा भत्केका भवन पुनर्निर्माणको परियोजना सञ्चालन गरेको भारत सरकारले सोमवार उक्त परियोजना पूरा भएको जानकारी गराउँदै परियोजनाबाट सिकेका पाठ र अनुभव आदानप्रदान कार्यशाला गरेको छ । कार्यशालाका प्रमुख अतिथि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उत्थानशील पुनर्निर्माणमा सघाएकोमा भारतसहित नेपालका विकासका साझेदारप्रति आभार व्यक्त गर्दै विपद् व्यवस्थापनको क्षेत्रमा प्राधिकरणले धेरै पाठ सिकेको बताए । भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महŒव दिएको भन्दै आज सम्पन्न परियोजनाले जनस्तरको आपसी सम्बन्ध थप उजागर गरेको उल्लेख गरे । नेपाल सरकारका विकास–निर्माणका साथै पुनर्निर्माणका प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । यूएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेदागाङगोदा लाबेले विपद् व्यवस्थापनमा नेपाल सरकार र विकासका साझेदारहरूसँग सहकार्य एवं साझेदारी गर्न यूएनडीपी सधैं तत्पर रहेको बताए । विपद् जोखिम घटाउनेसम्बन्धी सेन्डाइ संरचना कार्यान्वयनमा नेपाल सरकार संवेदनशील रहने विश्वास उनले व्यक्त गरे । २०७२ को भूकम्पबाट प्रभावित नेपालका ११ जिल्लामा शिक्षाक्षेत्रसँग सम्बन्धित  ७१ ओटा परियोजना, १३२ ओटा स्वास्थ्य भवन तथा २८ ओटा सांस्कृतिक सम्पदास्थलको पुनःस्थापना एवं प्रबलीकरणका लागि भारत सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ । रासस