कर्णाली प्रदेश प्रमुख सचिव श्रेष्ठको अनिवार्य अवकाश

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् । जेठ १४ गतेसम्म ३४ वर्ष ६ महिना २४ दिन सेवा गरेको श्रेष्ठ ९ महिनायता कर्णाली प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।