हाइड्रोजन ऊर्जाको बल्ल गृहकार्य

पेट्रोलियम पदार्थ र नवीकरणीय ऊर्जाका विभिन्न स्रोतलाई हाइड्रोजन ऊर्जाले प्रतिस्थापन गर्न सकिनेबारे बहस सुरु भएको छ । अहिले प्रयोग भइरहेका इन्धनका विभिन्न स्रोतलाई हाइड्रोजन ऊर्जामा परिणत गरेर कार्बन उत्सर्जन नियन्त्रण गर्ने र हरित ऊर्जा प्रवर्द्धनमा सघाउन सकिनेबारे नेपालले पनि गृहकार्य थालेको हो ।