जसपा बैठक- मंसिर ४ को निर्वाचनमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठकले आगामी संघीय तथा प्रदेशको चुनावमा केन्द्रीत हुन कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएको छ । शुक्रबार सम्पन्न बैठकले सो निर्देशन दिएको हो । बालकुमारीस्थित एक पार्टी प्यालेसमा भदौ १ गतेदेखि सुरु भएको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न प्रस्ताव सर्वसम्मतिले पास गरिएको छ । बैठकमा सातवटा विभागीय प्रमुख तथा अन्य सदस्यहरुको नाम सर्वसम्मतिले पास हुनुका साथै सातवटै प्रदेशका इन्चार्ज तथा सह इन्चार्जको नाममा सहमति जुटेको छ ।बैठकम