छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। विश्व बैंकबाट १७ अर्ब रुपैयाँ सहुलियत ऋण लिने मन्त्रिपरिषद बैठले निर्णय गरेको छ। महाअभियोग सिफारिस समितिले चोलेन्द्रशमशेर जबरालाई बुधवार बयानका लागि बोलाएको छ। देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको उर्जामन्त्रीले दाबी गरेकी छन्। महंगा गाडी र स्मार्टफोनलगायतको आयातमा लगाइएको प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याइएको छ। काठमाडौंमा विद्युत प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। नेप्से परिसूचक २.३३ अंकले बढेको छ।