समूह ई बाट विजेता बन्दै स्वीडेन नकआउट चरणमा, स्पेन उपविजेतामा सिमित

नाटकीय खेलमा पोल्याण्डलाई ३–२ ले हराउँदै स्वीडेन यूरो २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को विजेता भन्दै स्वीडेनले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।भिक्टोर क्लाएसनले इन्जुरी समयमा गोल गर्दै स्वीडेनलाई जीत दिलाए । यसअघि इमिल फ्रोसबर्गले दुई गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए पनि रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर, क्लाएसनले अन्त्यमा गोल गर्दै स्वीडेनलाई नाटकीय जीत दिलाए ।उता, उपाधिको दाबेदार मानिएको स्पेनले स्लोभाकियामाथि ५-० को गोल वर्षा

सम्बन्धित सामग्री

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

यूरो २०२० : यस्तो अवस्थामा फ्रान्ससँग हारे पनि पोर्चुगल अन्तिम–१६ मा छनोट हुने

आज यूरो २०२० को समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । आजको खेलपछि अन्तिम १६ को अन्तिम समीकरण तय हुनेछ ।हालसम्म १० वटा टोली समूह विजेता र उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेका छन् । यसमा इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, अस्ट्रिया, इंग्ल्याड, क्रोएसिया, स्वीडेन र स्पेन रहेका छन् । त्यस्तै, स्वीटजरल्याण्ड, चेक रिपब्लिक र युक्रेनले पनि उत्कृष्ट तेस्रो टोली बनेर अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन् ।अब समूह एफको खेलको टुंगो लाग्न बाँकी रहेको छ । फ्रान्सले पनि अन्तिम १६ मा