भेरी अस्पतालमा मृत घोषणा गरिएको शिशुमा चार घण्टापछि जीवनको संकेत र फेरि मृत्युबारे यस्तो छ स्पष्टिकरण

२८ गते गर्भ खसेपछि शिशुमा मुटुको चाल र श्वास–प्रश्वास जस्ता जीवनका कुनै संकेत नदेखिएको भन्दै मृत घोषणा गरी परिवारलाई हस्तान्तरण गरिएको थियो। तर हस्तान्तरण भएको करिब चार घण्टापछि शिशुमा जीवन संकेत देखिएपछि परिवारले पुनः अस्पतालमा भर्ना गरी उपचार गराएका थिए। उपचारकै क्रममा २९ गते शिशुको पुनः मृत्यु भएको अस्पतालले जनाएको छ।