कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला अस्पताल अछाम प्रदेशमै प्रथम

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रदेशका अस्पतालहरुको स्वास्थ्य सेवाहरुको सूचांकको मुल्यांकनमा अछाम जिल्ला अस्पताल प्रथम भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ।