मस्कट (हाम्रो खेलकुद)- नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछानेले अन्तराष्ट्रिय क्रिकेटमा २ सय ५० बिकेटको सफलता प्राप्त गरेका छन्। आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतार विरूद्धको दोस्रो विकेट लिएसँगै आफ्नो २ सय ५० औं विकेट पूरा गरेका छन्। उनले ओपनर लियानागेलाई बोल्ड आउट गरेसँगै यो सफलता प्राप्त गरेका हुन्।